
एजेन्सी, २४ । नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलमा पराजित भएको छ । मंगलबार राति भएकाे खेलमा जमैकालाई ट्रिन्बागो नाइट राइडर्सले ९ विकेटले पराजित गर्यो ।
ब्रायन लारा क्रिकेट स्टेडियममा जमैकाले दिएको दिएको १०८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । उसका लागि लेन्ड सिमोन्सले नटआउट ५४ रनको योगदान दिए भने वेस्टरले नटआउट ४४ रन बटुले। जमैकाका मुजिब उर रहमानले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १०७ रन बनाएको थियो । जमैकाका लागि एनक्रुमाह बोनेरले सर्वाधिक ४१ रन बनाए ।
बलिङतर्फ ट्रिनबागोका जेरोमी होसिनले तीन विकेट लिए । खारी पेरीको नाममा २ विकेट लिन सफल भए । अब ट्रिनबागोले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको विजेतासँग खेल्नेछ ।
आजको खेलमा भने सन्दीपले औसत प्रदर्शन गरे । ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए । सन्दीपले यस सिजन ११ खेलमा कुल १२ विकेट लिन सफल भए ।
अब उपाधिका लागि ट्रिन्बागोले सेन्ट लुसियासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा सेन्ट लुसियाले गुयनालाई १० विकेटले पराजित गरेर ट्रिन्बागोसँगको भेट पक्का गर्यो।