२३ भाद्र २०७७, मंगलवार

काठमाडौं, २३ भदौ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नभएको बताउनुभएको छ ।

मंगलबार (आज) उपत्यकाका प्रतिनिधिसभा सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री पोखरेलले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै कोरोनासँग ‘लिभिङ टुगेदर’मा बस्नुको विकल्प नरहेको बताउनुभएको हो ।

उहाँले आफ्नो अस्तित्व कायम राख्दै कोरोना माहामारीसँग जुध्नु बुद्धिमानी हुने बताउनुभयो । त्यस्तै, उहाँले अन्य उपायतिर जान उचित नहुने पनि सुझाउनुभयो ।

यसका साथै उहाँले लकडाउन खुकुलो भएसँगै बढेको आवतजावतले काठमाडौं उपत्यका कोरोना संक्रमणको हब बनेको पनि प्रष्ट पार्नुभयो । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आइसोलेसन निर्माण गर्दै अगाडि बढिरहेको पनि बताउनुभयो ।

नेकपाका सांसद शशी श्रेष्ठले जनता रोगभन्दा पनि भोकले मर्ने अवस्था आएको बताउनुभयो । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले पनि आइसोलेसन सेन्टर निर्माणसँगै उपत्यका भित्रनेहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाउनुभयो ।

LIVE TV