२३ भाद्र २०७७, मंगलवार
  • तारा आचार्य

विराटनगर २३ भदौ । प्रदेश प्रहरी कार्यालय प्रदेश १ का प्रदेश १ का प्रहरी नायव महानिरीक्षक डिआइजी इश्वारबाबु कार्कीलाई कोरोना पोजेटिभ देखिएको छ ।डिआइजी कार्कीको प्रदेश जनस्वास्थ्य प्रयोग शालामा गरिएको स्वाब परीक्षणमा मंगलबार पोजेटिभ देखिएको विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका स्वाथ्य निरीक्षक राजेन्द्र कुइकेलले जानकारी दिनु भयो ।

डिआइजी कार्की सहित ५ जनाको स्वाब परीक्षण गर्दा परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो भने ५२ बर्षीय कार्कीको भने रिपोट पोजेटिभ आएको निरीक्षक कुइकेलले जानकारी दिनुभयो ।

प्रदेश १ मा ३ सय ५५ प्रहरी संक्रमित भएका छन् भने २ सय २० जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

LIVE TV