२३ भाद्र २०७७, मंगलवार
  • घनश्याम मिश्र

नकपुर, २३ भदौ । स्थानीयहरुको अग्रसरतामा अबैध रुपमा भारततर्फ लैजाँदै गरेको तीनवटा गाई सहित दुईजना तस्करहरुलाई धनुषा प्रहरीले आफ्नो नियत्रंणमा लिएको छ ।

मंगलवार विहान जनकपुरधाम उपमहानगरपालिका वडा नं २३ बिन्धीवाट स्थानिय युवाहरुले दुईवटा मोटरसाइक, दुई तस्कर र तीन गाईलाई नियन्त्रणमा लिएर जिरोमाईल इलाका प्रहरीलाई जिम्मा लगाएको छ ।

रङ्गेहात गाईसहित पक्राउ पर्नेमा धनुषा नगराईन नगरपालिका वडा नं ६ का कुरवान शाह र महोतरी भंगहा नगरपालिका वडा नं ८ निवाशी इलियास शेख रहेका छन् ।

यता विश्व हिन्दूपरिषद नेपालले एक विज्ञप्ती जारी गर्दै तस्करहरुमाथि कडा कारवाहीको माग गरेको छ । गाई नेपालको राष्ट्रिय जनावर मात्र नभई आमा सरह पूज्यनिय बहुसंख्यक सनातन हिन्दूहरुको आस्था एवं अन्तर आत्मासंग समेत जोडिएको हुनाले गाई तस्करलाई कड़ा कारवाहीको माग गर्दै दोशीलाई सजायको मांग अघि बढाएर धनुषा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन् ।

गाईको धार्मिक तथा बैज्ञानिक महत्व समेत रहेको र नेपालको संविधानमा समेत गौ हत्या पूर्ण बर्जित रहेको अवस्थामा दिनानुदिन गौ हत्या हुनु खेदजनक रहेको परिषद धनुषाका अध्यक्ष संतोष साह र सचिव अमन प्रसाद गुप्ताद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

घटनास्थल परिषदका पदाधिकारीहरु समेत पुगेका थिए । तस्कर, मोटरसाइक र गाई सवैलाई आवयश्क कारवाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको छ

LIVE TV