२३ भाद्र २०७७, मंगलवार

काठमाडौं, २३ भदौ । पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्ण मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ जना पुरुष र १ जना महिला रहेका छन् ।

जसमा सुनसरीका ७० वर्षीय पुरुष, पर्साका ५४ र ६० वर्षीय पुरुष, काठमाडौंका ८५ वर्षीय पुरुष र कपिलबस्तुका ६२ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरि काठमाडौंकी एक ८० वर्षीया महिलाको पनि मृत्यु भएको छ । देशभर कुल मृतकको संख्या ३ सय ६ पुगेको छ ।

LIVE TV