२३ भाद्र २०७७, मंगलवार
  • तस्वीर : महेश्वर के.सी./न्यूज २४

काठमाडौं, २३ भदौ । काठमाडौंको कपनस्थित जगडोल डाँडा अर्थात् झण्डापार्क पनि सुनसान बनेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्ने झण्डापार्क कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन तथा निषेधाज्ञाका कारण सुनसान बनेको हो ।

सामान्य समयमा काठमाडौंकै कपनस्थित जगडोल डाँडा (झण्डापार्क) विशेषगरी विहान र बेलुका जगिङ (मर्निङ वाक÷इभिनिङ वाक) गर्नेहरुको भीड लाग्ने गर्दछ ।

यसका साथै, यहाँ सनराइज हेर्ने आन्तरिक पर्यटकहरुको भीड पनि लाग्ने गर्दछ । यस पार्कबाट काडमाडौंको मुख्य ठाउँहरु, एयरपोर्ट, बोद्धनाथ स्तुपा, कपन गुम्बा, गोकर्ण क्षेत्रलगायतलाई सजिलै नियाल्न सकिन्छ ।

LIVE TV