२३ भाद्र २०७७, मंगलवार
  • भगतराम थारु

नेपालगञ्ज २३ भदौ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत् अर्घाखाँचीका कोरोना संक्रमितको मंगलवार मृत्यु भएको छ ।

अर्घाखाँची शितगंगा नगरपालिका–१२ का ४२ बर्षीय पुरुषको बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उनी भदौ ११ गते अस्पतालमा भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो ।

युनिर्भसल मेडिकल कलेज भैरहवामा भर्ना भएका उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि भदौ ४ गते नमुना लिइएको थियो र भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

लगत्तै उनलाई भीम अस्पताल भैरहवा पुर्याइएको थियो । त्यहाँ ५ दिनसम्म पनि अवस्था सुधार नभएपछि थप उपचारका लागि मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको थियो ।

उपचारकै क्रममा उनको आज बिहान मृत्युभएको फोकल पर्सन श्रेष्ठले जानकारी गराउनुभयो । योसँगै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा बाहिर जिल्लाका तीनजनाको मृत्युभएको छ ।

यसअघि अछाम र कैलालीका १–१ गरी २ जनाको मृत्यु भईसकेको छ भने बाँकेमा ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

LIVE TV