२३ भाद्र २०७७, मंगलवार

काठमाडौँ, २३ भदौ मंगलबार सुन चाँदीको भाउ घटेको छ । सोमबार ९६ हजार १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ९५ हजार ८ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा ३ सयले नै घटेर प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा झरेको छ । ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार १३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार ७०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय २३ रुपैयाँ कायम गरेको छ ।

LIVE TV