
काठमाडौ, २२ भदौ । निषेधाज्ञा प्रति असन्तुष्टि जनाउदै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आवाश्यक सुरक्षा अपनाएर उद्योग व्यवसाय संचालन गर्नुपर्ने माग गरेको छ ।
आज एक बिज्ञप्ति जारी गर्दै नाडाले निषेधाज्ञाले जनतामा दुख मात्रै नभएर अभाव र बिकट पनि छाउदै गएको जनाएको छ ।
यस्तै अवस्था निरन्तर रहे जनता बाध्य भएर सरकारबिरुद्ध सडकमा आउने बताएको छ । लकडाउनले देशको अर्थतन्त्रलाई धराशायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्यासमेत उत्पन्न भएको नाडाले बिज्ञप्ती मार्फत बताएको छ ।