२२ भाद्र २०७७, सोमबार
  • कृष्ण खनाल / भगतराम थारु

नेपालगञ्ज, २२ भदौ । नेपालगञ्ज उपमहानगरपालिकाका जिन्सी शाखामा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।सोमबार मृत्यु भएका उनको धार्मिक परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको छ । बाँकेको राप्ती नदीस्थित सिंघनियाघाटमा उनको धार्मिक परम्परा अनुसार दाहसंस्कार गरिएको हो । उनको निधन भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले गहिरो दुःख ब्यक्त गरेको छ ।
उपप्रमुख उमा थापा मगरका अनुसार आफ्ना कर्मचारीको निधन भएपछि आज एक दिन शोक मनाउन कार्यालय बन्द गरिएको छ । मंगलबारदेखि तीन दिनसम्म कार्यालय सील गर्ने निर्णय समेत उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिका कार्यालय आईतबारदेखि सञ्चालनमा आउने छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा। धवलशम्शेर राणाले पनि आफ्ना कर्मचारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै निधनबाट उपमहानगरपालिकाले इमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताउनु भएको छ ।

योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । यस अघि नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजाललाई कोरोना देखिएपछि पहिलो पटक सिल गरिएको थियो । कर्मचारीको मृत्यु पछि दोश्रो पटक उपमहानगरपालिका सिल गरिएको छ ।

LIVE TV