२२ भाद्र २०७७, सोमबार
  • अमर काफ्ले

इनरुवा, २२ भदौ । कोरोना संक्रमितको संख्या बढेपछि इनरुवाको वडा नम्बर ५ क्षेत्र सिल गरिएको छ ।
एउटै वडामा ६१ जना संक्रमित भेटिए पछि सुनसरी प्रशासनले अर्को निर्णय नभए सम्मकालागि सो क्षेत्र सिल गरेको छ ।विहानैबाट उक्त क्षेत्रमा सुरक्षाकर्मीले आवतजावतमा कडाई गरेताको थियो । प्र्रशासनले भने वडा सिलको आधिकारिक निर्णय भने दिउँसो अबेर गरेको हो ।सिल गरिएसँगै दुहवी इनरुवा सडक खण्डको बलाहा क्षेत्रमा आवतजावत ठप्प पारिएको छ । इनरुवा दुहवी जोड्ने मुख्य मार्ग आसपासको वस्ती संक्रमित रहेको वडा क्षेत्रमा परेका कारण समेत उक्त क्षेत्र समेटेर प्रशासनले सिल गरिएको जनाएको छ ।

उता नगरपालिकाको कार्यालयले एक साताको लागि इनरुवा ५ को सम्पूर्ण क्षेत्रमा पूर्ण लकडाउन गरिएको सूचना प्रकाशित गर्दै सर्वसाधारणलाई अत्यावश्यक अवस्थामा बाहेक हिंडडुल नगर्न भनेको छ ।

इनरुवाको बलाहामा हिजो मात्रै एकसाथ ४० नयाँ कोरोना संक्रमित थपिएका थिए । कुल ६१ जना संक्रमितमा बालक देखि वृद्ध सम्म रहेका छन् ।

LIVE TV