२२ भाद्र २०७७, सोमबार
  • सुरेश श्रेष्ठ

दाङ, २२ भदौ । घोराही उपमहानगरपालिका–४ को भकारेमा निर्माण गरिएको कृत्रिम जलाशयमा बेपत्ता भएका युवाको शव फेला परेको छ ।

युबकको शब खोजी गर्नका लागि गोताखोर बोलाएपनि जिल्ला प्रहरि कार्यालय दाङका प्रहरीको टोलीले नै शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डीएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

हिजोदेखि खोजतलासमा जुटेको प्रहरिले सोमबार दिउसो ३ बजे स्थानीय २३ वर्षीय गोपाल विकको शव जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान प्रभु सुनारले फेला पारेको जानकारी दिनुभयो।

आइतबार दिउँसो नुहाउने क्रममा विक डुबेर बेपत्ता भएका थिए। बेपत्ता युवाको खोजी गर्दा आइतबार दिनभर पनि फेला नपरेपछि सोमबार गोताखोर बोलाइएको भएतापनि प्रहरिले गोताखोर आइपुग्नु अगाबै शव फेला पारेको हो ।

आइतबार नेपाल प्रहरी, नेपाली सेनालगायतका स्थानीयले खोजी कार्य गरेपनि नभेटेपछि बेपत्ता युबकको शव खोज्न गोताखोर मगाइएको भएपनि गोताखोर नआउदै प्रहरि जवान सुनारले फेला पारेका हुन ।

प्रहरी जवान सुनारले यसअघि पनि घोराहीको गुलरियाको तालमा डुबेर मरेका युबकहरुको पनि शब फेला पारेका थिए । कृत्रिम जलाशय निर्माण गरिएपनि ती जलाशयहरुमा तारबार नहुँदा पोखरीमा नुहाउन जाने हुँदा बर्षेनी डुबेर मृत्यु हुँदै आएको छ।

 

LIVE TV