२२ भाद्र २०७७, सोमबार

काठमाडौं, २२ भदाै । काठमाडौंको बुद्धनगरस्थित एक सैलुनका सञ्चालक सैलुनभित्रै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा प्रमुख डिएसपी दक्षबहादुर बस्नेतका अनुसार, न्यू मनोकामना हेयर ड्रेसरका सञ्चालक ३७ वर्षीय अशोक ठाकुर सैलुनभित्रै मृत अवस्थामा फेला परेका हुन् ।

डिएसपी बस्नेतका अनुसार, सोमबार बिहान करिव ९ः१५ मा उनको शव भेटिएको थियो । प्रहरी पुग्दा उनको शैलुनको आधा सटर खुलेको थियो। उनको कुनै कारण आकस्मिक मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

उनको शव पोस्टमार्टमका लागि भक्तपुर अस्पताल दुवाकोट लगिएको छ।

LIVE TV