२२ भाद्र २०७७, सोमबार
  • रामगाेपाल तमखु

भक्तपुर, २२ भाद्र । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आइतबारबाट घुम्ती स्वाब संकलन केन्द्र संचालनमा ल्याएकाे छ ।

सूर्यविनायक नगरपालिकामा कोरोना भाइरस संक्रमण बढेसँगै संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि सम्बन्धित क्षेत्रमा गएर स्वाब संकलन गर्ने काम शुरु भएकाे हो ।

नगरपालिकाले आफ्नै एउटा मिनि ट्रकमा स्वाब संकलन केन्द्र बनाएर नगरपालिकाभित्र संक्रमित भएको सम्बन्धित क्षेत्रमा गएर स्वाब संकलन गर्ने काम शुरु गरेको वडा नं ८ का वडाअध्यक्ष्य किरण थापाले जानकारी दिनुभयो ।

 

LIVE TV