२१ भाद्र २०७७, आईतवार

काठमाडौं, २१ भदौ । रातो मछिन्द्रनाथको रथ जात्राको क्रममा गत विहीबार प्रहरी नियन्त्रणमा परेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ललितपुरको पुल्चोकमा भएको झडपमा प्रहरी नियन्त्रणमा परेका १९ जनामध्ये २ जनाको आइतबार (आज) कोरोना पुष्टि भएको महानगरीय प्रहरी परिसरले जनाएको हो ।

प्रहरी नियन्त्रणमा परेका सबैलाई छुट्टै राखेर पीसीआर परीक्षणका लागि पठाइएको थियो । २ जनाको रिपोर्ट पोजिटिभ आएपछि प्रहरी परिसर तनावमा बढेको बताइएको छ । उनीहरुलाई छुट्टै राखिएको भएतापनि परीक्षण तथा आइसोलेसनमा राख्न समस्या भएको बताइएको छ ।

उनीहरूलाई अस्पताल लैजाने वा आफन्तलाई जिम्मा लगाएर आइसोलेसनमा राख्ने भन्ने तय भइनसकेको बताइएको छ ।

LIVE TV