२१ भाद्र २०७७, आईतवार
  • तस्वीर : महेश्वर के.सी./न्यूज २४

काठमाडौं, २१ भदौ । कोरोना महामारीका कारण गत वर्षको चैतमा रोकिएको रातो मच्छिन्द्रनाथको रथयात्रा आज (आइतबार) तानिएको छ । कोरोना भाइरसको जोखिमका कारण सीमित स्वयंसेकको उपस्थितिमा रथ तानिएको हो ।

आज रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरको पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिएको हो । हाल गाःबहालमा रहेको मीननाथको रथलाई करिब २० मिटर तानेर सोह्रखुट्टे पाटीसम्म पु-याइएको जात्रा व्यवस्थापन कार्यदलले जनाएको छ ।

रथयात्रामा सहभागी अधिकांशले फेस सिल्ड लगाएका थिए, भने सबैले मास्क लगाएका थिए । त्यस्तै, सबैले एउटै कलरको टि–सर्ट लगाएका थिए । रथयात्राका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै अब ललितपुरवासीले आइतबार (आज) ‘छ्वयलाभू’ र सोमबार (भोलि) ‘भुज्या’ मनाउने बताइएको छ । साइत हेर्ने काम पनि सोमबार (भोलि) नै हुने जनाइएको छ ।

साइत प्राप्त भएको दिन रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराइनेछ । त्यसपछि वर्षा र सहकालका देवता मानेर पुजिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।

LIVE TV