२१ भाद्र २०७७, आईतवार

एजेन्सी, २१ भदौ । फ्रान्सेली स्वास्थ्य मन्त्री ओलिभियर भेरानले फ्रान्स आगामी दुई हप्तामा अझ सतर्क हुनु आवश्यक रहेको बताएका छन् ।आउने १५ दिनसम्म त्यहाँका आईसीयूमा व्यक्तिहरूको संख्या बढ्न सक्ने कारण सतर्क रहनु आवश्यक रहेको ओलिभियरले जनाएको छ। पछिल्ला केही दिनमा फ्रान्समा कोरोना भाइरस संक्रमणको घटना बढेको छ।

भेर्नोनले एउटा टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा देशव्यापी तालाबन्दीको आवश्यकतालाई खारेज गर्दै फ्रान्सले भाइरससँग लड्न सक्ने अन्य तरिकाहरू पनि रहेको बताएका छन् ।

फ्रान्समा कोरोना भाइरस संक्रमणको घटना बढेर ३ लाख ४७ हजार २ सय ६७ पुगेको छ भने ३० हजार ७ ३० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

LIVE TV