२१ भाद्र २०७७, आईतवार

जनकपुरधाम, २१ भदौ । धनुषामा आईतबार चट्याङ लागेर एक पुरुषको घटना स्थलमै मृत्यु भएको छ ।

धनुषाधाम नगरपालिका वडा नं, ७ किसानपुरका अन्दाजी ४२ वर्षीय मोहिता सदाको आइतबार दिउँसो करिव १ बजे खेतबाट घर फर्किरहेको बेला चट्याङ लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी नीरिक्षक विजय यादवले जानकारी दिनुभयो ।

चट्याङ लागेर गम्भीर मृत्यु भएका सदाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको प्रहरीले जनाएको छ ।

LIVE TV