२१ भाद्र २०७७, आईतवार

काठमाडौं, २१ भदौ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय १४ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ८ सय १४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २८ हजार ९ सय ४१ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ६२ प्रतिशत हो ।

File Photo

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १७ हजार २७ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७ सय ३ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ३ सय ८२ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ७ लाख ६८ हजार ३ सय ४५ जनाको पीसीआर परीक्षण भएको छ ।

LIVE TV