२१ भाद्र २०७७, आईतवार
  • तारा आचार्य,

विराटनगर, २१ भदौ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

झापा कन्काई नगरपालिका वडा नं.३ घर भएका ४५ बर्षकी महिलाकाे उपचारकै क्रममा आइतबार विहान १०ः५५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

उनी मेची अस्पताल झापाबाट १८ गते रिफर भएर प्रतिष्ठानमा भर्ना भएकी थिइन् । कोरोनासंग मिल्दो जुल्दो लक्षण भएकाले उनको स्वाब परीक्षण गर्दा १८ गते कोरोना पुष्टि भएको प्रबक्ता सापकोटाले जानकारी दिनुभयो ।

उनको श्वासप्रस्वासमा समस्या आउनुका साथै २ दिनदेखि ज्वरो आएको, कमजोरी , कब्जियतको समस्या, साथै निमोनिया भए पछि मेची अस्पतलले रिफर गरिएको थियो ।

मृतकमा विगत केहि बर्षदेखि मधुमेहको समस्या रहेको प्रवक्ता डा. सापकोटाले जानकारी दिनुभयो । अस्पताल ल्याइपु¥याउदा उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रतिष्ठानले जनाएको छ ।

उपचारको क्रममा उनको मृत्यु भएको हो । मृतकको शव व्यवस्थापन कार्य भइरहेको प्रतिष्ठानले जनाएको छ । योसंगै झापामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

LIVE TV