
- केदार शर्मा
चितवन, २१ भदौ । चितवनमा चारजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत चारजना प्रहरीमा आइतबार आज कोभिड १९ पुष्टि भएको हो ।
कार्यालयका प्रहरीमा कोरोना पुष्टि भएपछि प्रहरी कार्यालयलाई सिल गरिएको छ । दुईजना प्रहरी अधिकृत, एकजना जवान र एकजना भान्सेमा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।
संक्रमित चारै जना कार्यलय भित्र आइसोलेसनमा बसेका छन् । जिल्लामा हाल सम्म १२ जना प्रहरीमा कोरोना पुष्टि भएको छ जस मध्य ६ जनाले कोरोना जितेका छन् ।