२१ भाद्र २०७७, आईतवार

एजेन्सी, २१ भदाै । बेल्जियमले यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा बेल्जियमले डेनमार्कलाई २–० गोल अन्तरले हराएको हो ।

डेनमार्कको घरेलु मैदानमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन जेसन डेनायर र डेरिस मेर्टेन्सले एक–एक गोल गरे । खेलको नवौं मिनेटमा जेसनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको डेनमार्कले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो । खेलको ७६ औँ मिनेटमा मेर्टेन्सले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।

जितसँगै समूह बी मा रहेको बेल्जियमले एक खेलबाट तीन अंक जोडेको छ । सोही समूहमा रहेको इङ्ल्यान्डले पनि तीन अंक जोडेको छ ।

LIVE TV