२१ भाद्र २०७७, आईतवार

एजेन्सी, २१ भदाै । युईएफए नेसन्स लिग अन्तर्गत इङ्ल्यान्डले जित निकालेको छ । शनिबार राति भएको समूह बी अन्तर्गतको खेलमा इङ्ल्यान्डले आइसल्यान्डलाई १-० गोल अन्तरले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको इङ्ल्यान्डले खेलको इन्ज्युरी समयमा गोल गर्दै जित निकालेको हो । १० देलाडीमा समेटिएको इङ्ल्यान्डले संघर्षपूर्ण जित निकालेको हो । खेलको ७३ केले वाल्कर रातो कार्ड खाँदै मैदान बाहिर गएका थिए ।

उता, आइसल्यान्डका इङगी इन्गासन ८९ औँ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । इन्गासले डी एरिया भित्र फल गरेपछि इङ्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो ।

इङ्ल्यान्डका लागि रहिम स्ट्रलिङले विजयी गोल गरे । उता आइसल्यान्डले पनि इन्ज्युरि समयमा पेनाल्टी पाएपनि गेल भने गर्न सकेन् ।

LIVE TV