१९ भाद्र २०७७, शुक्रबार

काठमाडौँ, १९ भदौ सार्वजनिक स्वास्थ्य जोखिमको कारण अष्ट्रेलियाको विदेश यात्रा प्रतिबन्ध तीन महिनाको लागि बढाइएको छ । अस्ट्रेलियाले लगाएको अन्तर्राष्ट्रिय यात्रा तथा क्रुज जहाज सम्बन्धी प्रतिबन्ध अर्को तीन महिनाका लागि थप गरिएको हो ।

संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले मानव जैविक सुरक्षा आपतकाल अवधि बढाउने निर्णय अष्ट्रेलियाली स्वास्थ्य संरक्षण प्रमुख समितिको सल्लाहमा आधारित भएको बताउनुभयो।

अहिलेको मानव तथा जैविक सुरक्षाको आपतकालीन अवस्थालाई मध्यनजर गर्दै सो प्रतिबन्ध थप गरिएको अष्टेलियका स्वास्थ्यमन्त्री ग्रेग हन्टले जानकारी दिए।आपतकालीन अवस्थामा रहेका क्रुजजहाज तथा मार्च १५ अघि अस्ट्रेलिया छाडेका जहाजलाई सो नियम लागू हुने छैन।

त्यसैगरी सो प्रतिबन्ध गत मार्च २५ मा लागू भएसँगै अस्ट्रेलियन नागरिक तथा पिआरधारीहरूलाई अन्तर्राष्ट्रिय यात्रा गर्न रोक लगाइएको छ । प्रतिबन्ध आगामी डिसेम्बर १७ तारिखसम्म लागू हुने कुरा स्वास्थ्यमन्त्री ग्रेग हन्टद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। (एजेन्सीको सहयोगमा)

LIVE TV