१९ भाद्र २०७७, शुक्रबार

एजेन्सी, १९ भदाै । अमेरिकाका कोरोनाका वरिष्ठ विशेषज्ञ तथा ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले कोभिड–१९ को भ्याक्सिन अक्टोबरसम्म तयार भएर आउने सम्भावना निकै कम भएपनि यो असम्भव भने नभएको बताएका छन् ।

सीएनएनलाई बिहीबार दिएकाे अन्तर्वार्तमा उनले भनेका छन्, ‘धेरैजसोलाई लागेको छ, नोभेम्बर–डिसेम्बरमा भ्याक्सिन आउँछ, धेरैजसोलाई लागेको छ, नोभेम्बर–डिसेम्बरमा भ्याक्सिन आउँछ।’ फाउचीलाई संसारले कहिलेसम्म भ्याक्सिन पाउला त भनेर सोधिएको प्रश्नमा उनले भने, ‘अक्टोबरसम्म भ्याक्सिन आउला भनेर अनुमान त गर्न सकिन्छ तर मलाई यस्तो होला भन्ने लाग्दैन ।’

अमेरिकामा कोरोनाको भ्याक्सिन बनाउने काम युद्धस्तरमा चलिरहेको छ। तर, अहिलेसम्म सफलता मिलिसकेको छैन। अमेरिकामा तीन वटा कम्पनी भ्याक्सिनका लागि लागिपरेका छन्। उनीहरुले आफ्नो भ्याक्सिनको तेस्रो चरणको परीक्षण सुरु गरेका छन्।

भ्याक्सिन नबने पनि अमेरिकामा यसको वितरणको तयारी सुरु भएको छ। अमेरिकी राज्यहरुमा १ नोभेम्बरबाट कोरोनाको भ्याक्सिन वितरणका लागि तयार रहन निर्देशन पनि दिइएको छ।

LIVE TV