१९ भाद्र २०७७, शुक्रबार

काठमाडौं, १९ भदौ । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा ८४ हजार १ सय ५६ जना संक्रमित भएसँगै शुक्रबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको ३९ लाख ३३ हजार १२४ पुगेको हो ।

अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । संक्रमितमध्ये अहिलेसम्म ३० लाख ३२ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ३१ हजार ६३९ जना जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६८ हजार भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १०८३ जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६८ हजार ५६९पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

LIVE TV