१८ भाद्र २०७७, बिहीबार

काठमाडौं, १८ भदौ । ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरी कमलप्रसाद घिमिरेलाई निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार विहीबार (आज) ट्राफिक जवान घिमिरेलाई कुटपिट गर्ने ३६ वर्षीय रवि शाक्य, ४० वर्षीय रविन शाक्य, ४३ वर्षीय सुविन शाक्य, ४७ वर्षीय ध्रुवराज बज्राचार्य, ३२ वर्षीय श्याम श्रेष्ठ ४० वर्षीय महेश बज्राचार्य, ३९ वर्षीय पृथ विन्दू महर्जन, ४० वर्षीय यादवलाल कायस्थ र ३८ वर्षीय अशोज कुमार महर्जनलाई नियन्त्रणमा लिइएको हो ।

अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको जानकारी गराइएको छ । कुटपिटमा अन्य पनि संलग्न भएमा नियन्त्रणमा लिइने बताइएको छ । उनीहरूविरुद्ध संक्रामक रोग ऐन–२०२० अन्तर्गत मुद्दा चलाउन सकिने जनाइएको छ ।

घाइते जवान घिमिरेको अहिले ललितपुरको अल्का अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

LIVE TV