१८ भाद्र २०७७, बिहीबार

काठमाडौं, १८ भदौ । गुठी संस्थान र १९ जातीय प्रतिनिधित्वको खलःपुचले निर्णय नगर्दासम्म रातो मच्छिन्द्रनाथको रथ नतानिने भएको छ ।

गुठी संस्थान र ललितपुर महानगरभित्रका १९ जातीय खलःपुचको बैठक बसिरहेको र उक्त बैठकको निर्णय पछि मात्र रथ जात्रा तानिने बताइएको हो ।

कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको रथ जात्रा सुरु नभएपछि केन्द्रीय गुठी संस्थान र खलःपुचको बैठक बसेको हो । विहीबार (आज) रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको रथ तान्नका लागि विहीबार भेला भएका स्थानीयलाई प्रहरीले हटाउन खोज्दा झडप भएको थियो ।

सोही क्रममा स्थानीयले नाराबाजी गर्दै प्रहरीलाई ढुंगामुडा गर्न थालेपछि प्रहरीले पानीको फोहोरासँगै केही राउन्ड अश्रुग्याससमेत प्रहार गरेको थियो ।

रथ तान्ने जात्रा देशभरका सबै नेवार जातिको भएकाले यसलाई कुनै पनि व्यक्ति र समूहप्रति लक्षित गरेर विवाद गर्न नहुने पनि बताइएको छ ।

LIVE TV