१८ भाद्र २०७७, बिहीबार

काठमाडौं, १८ भदौ । कोभिड नाइन्टिन संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)ले शहरी क्षेत्रमा आइसीयू र भेन्टिलेटर थप्नुपर्ने निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले शहरी क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै आइसीयु र भेन्टिलेटरका साथै एम्वुलेम्स र शववहान थप गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले नेपाल भेन्टिलेटर सर्भिसले भेन्टिलेटर बैंकको प्रस्ताव गरेकोमा आवश्यकता अनुसार प्रयोगमा ल्यााउन स्वास्थ्य सेवा बिभागमार्फत परिचालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले विदेशबाट नेपाली ल्याउँदा उडान हुने स्थानबाटै पीसीआर पोजेटिभ भएका व्यक्तिहरुलाई छुट्याएर नेगेटिभ भएकालाई मात्र ल्याउन विमान कम्पनीहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

विदेशबाट नेपाल ल्याउँदा पीसीआर गर्ने र नगर्ने व्यक्तिहरुलाई मिसाएर ल्याउने गरेको गुनासो बढेको थियो ।

बैठकमा स्वास्थ्य मन्त्रायलले कोरोना नियन्त्रण र रोकथामका लागि भएका प्रयासका बारेमा जानकारी गराएको थियो ।

LIVE TV