१८ भाद्र २०७७, बिहीबार
  • सन्तोष काफ्ले

सुनसरी धरान, १८ भदौ । प्रदेश नम्बर २ का दुई जना कोरोना संक्रमितको धरानमा ४५ मिनेटको फरकमा मृत्यु भएको छ ।धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । बिहीबार दिउँसो प्रतिष्ठानका कोभिड अस्पतालमा भर्ना भएका राजविराज ७ सप्तरीका ५० वर्षीय पुरूष र सोही स्थानकै ७७ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो ।

१ बजेर २० मिनेटमा प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ती भएका ५० वर्षीय पुरूषको आज दिउँसो २ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्राध्यापक डाक्टर निदेश सापकोटाले जानकारी दिनु भयो ।

साथै उहाका अनुशार भदौ ७ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनको कोरोना पोजेटिभ देखिएपछि भदौ ८ गतेदेखि कोभिड अस्पतालको आइसियुमा उपचार भइरहेका थियो । प्रतिष्ठानमा हाल सम्म २१ जना कोरोना सक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

LIVE TV