१८ भाद्र २०७७, बिहीबार
  • बाल बिक्रम कार्की,

रौतहट, १८ भदौ । हिरासतमा रहेको थुनुवा मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काको जिम्मेवारी खोसिएको छ ।

उनको स्थानमा प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहको काज सरुवा गरिएको छ । खड्कालाई प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएको हो ।

त्यसअघि प्रदेश नं. २ प्रहरी कार्यालयले यस अघि गृहमन्त्रालयले यसै घटनामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरतप्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई निलम्बन गरिसकेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय, गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानविन थालेको छ ।

उनको स्थानमा उनको ठाउँमा प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरलाई सो कार्यालयमा खटाइएको छ ।गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजय महरालाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा नेशनल मेडिकल कलेज बिरगञ्जमा उनको मृत्यु भएको थियो ।

LIVE TV