१८ भाद्र २०७७, बिहीबार

नेपालगन्ज, १८ भदाै । बाँकेमा बिहीबार ८८ वर्षीय वृद्धसहित २४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपाली सेनाको कौशिलानगर तालिम केन्द्र आइसोलेसनबाट १७ जना, कृषि तालिम केन्द्र खजुरा आइसोलेसनबाट ५ जना तथा होटल इन्द्रेणी र लायन्स डेण्टल आइसोलेसनबाट १–१ जना निको भएर डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा १७ जना सेना पनि छन् । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७ सय ८३ पुगेको छ । अब आइसोलेसनमा ३ सय ६ जना छन् ।

बाँकेमा हालसम्म १ हजार ९५ जनामा कोरोना पुष्टि भएको छ । ६ जनाको भने मृत्यु भइसकेको छ ।

LIVE TV