१८ भाद्र २०७७, बिहीबार
  • रामगाेपाल तमखु

भक्तपुर, १८ भदाै । भक्तपुर जिल्लामा कोरोना भाइरस संक्रमणबाट थप  एक जनाको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका वडा नं. ६ चपाचो बस्ने ४० वर्षीया महिलाको गएराति दुई बजे मृत्यु भएको हो । मृतक महिलामा भाद्र ४ गते कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

मृतक महिलाको दुवै मृगौलाले काम नगरेपछि अस्पतालमा डायलासिस गर्न जाँदा कोरोना परीक्षण गरेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना भाइरस संक्रमण भएपछि गम्भीर बनेकी उनको उपचारकै क्रममा राति मृत्यु भएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यो सँगै भक्तपुर जिल्लामा आजसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

 

LIVE TV