
- विवेक राई
भोजपुर, भाद्र १७ । भोजपुरमा थप ३ जनामा कोरोना संक्रमणपुष्टि भएको छ । गत १० गते छिमेकी राष्ट भारतबाट आएर होल्डिङ एरियामा रहेका तिन जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।जिल्लाको दक्षिणि हतुवागढि गाउपालिका ५ होम्ताङका ३० र ४०, ४० वर्षीय तीनै जना भारतीय सैनिक रहेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । संक्रमित तीनैजना विदामा घर आएका हुन् ।
भाद्र ११ गते होल्डिङ एरियामा आएका तीनैजनाको १४ गते स्वाव लिइएको र उक्त स्वावको आज रीपोर्ट पोजेटिभ आएको सहायक प्रमुख जिल्लाअधिकारी रामप्रसाद लुईटेलले जानकारी दिनुभयो । संक्रमित तिनैजनाको स्वास्थ्य अवश्था सामान्य रहेकाले तत्काल तिनैजनालाई भोजपुर नगरपालिका ६ स्थित क्वारीन्टिनमा राखिएको स। प्रमुख जिल्ला अधिकारी लुईटेलले वताउनुभयो ।
संक्रमितलाई जिल्लामै राखियो
संक्रमित तीनै जनाको स्वास्थ्य अवश्था सामान्य रहेकाले उनीहरुलाई जिल्लामै राखिएकोछ । संक्रमित तीनैजनाको स्वास्थ्य अवस्था सामान्य भएकाले जिल्लामै राखिएको सहायक प्रमुख जिल्लाअधिकारी रामप्रसाद लुईटेलले बताउनुभयो ।
अनुसार छिमेकी जिल्लाहरुमा संक्रमणको दर उच्च रहेकाले कोरोना विशेष अस्पतालहरुले लक्षण विनाका संक्रमितलाई भर्ना नलिने भएकाले संक्रमित तीनै जनालाई भोजपुर नगरपालिका ५ स्थित देउराली शैक्षिक तालिमकेन्द्रको क्वारीन्टीनमा राखिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
संक्रमितका कारण जिल्लामा खासै असर पर्दैन
संक्रमित देखिएपनि यसले भोजपुरलाई असर नपर्ने प्रशासनले वताएको छ । जिल्ला प्रवेश पूर्वनै कोरोना चेक भएकाले र संक्रमित व्यातिmहरु अरु मानिससँग हेलमेल नभएकाले उनीहरुबाट अन्य मानिसमा संक्रमण सर्न नपाएका कारण कोरोना पुष्टि भएपनि डराउनु तथा त्रसितहुनुपर्ने अवश्था नरहेको सहायक प्रमुख जिल्लाअधिकारी रामप्रसाद लुईटेलले वताउनु भयो ।
लुईटेलका अनुसार पछिल्लो समय छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण दिनानुदिन वढिरहेकोले जिल्लावासि हरुले संक्रमणमा वाट वच्न अपनाउनु पर्ने सामान्य माक्स सामाजिकदुरी लगायत प्रशासनले तोकेका आवश्यक मापदण्डलाई पालना गरी संक्रमण रोकथाममा सहयोग पुर्यानुउन आवश्यक छ ।
यसअघि, विराटनगरवाट भोजपुर सरुवा भै आएर होल्डिङ एरीयामा रहेका ३ प्रहरीमा गत ६ गते संक्रमण पुष्टि भएको थियो संक्रमित तिन जनालाईनै थप उपचारका लागि सुनसरी स्थित चतरा कोरोना विशेष अस्पताल पठाईको छ । हतुवागढी गाउँपालिकाको होम्ताङमा १ जना, होल्डिङ एरिया अरुण गाउँपालिकाको जरायोटारमा षडानन्द नगरपालिका ८ र १२ का ५ जना गरी ६ जनालाई कोरोना पुष्टि भएको थियो । हाल उहाँहरु निको भइसकेका छन् ।