१७ भाद्र २०७७, बुधबार
  • रामगोपाल तमखु,

भक्तपुर, १७ भदौ । भक्तपुरको बोजिनी ड्याममा सोमबार पौडी खेल्ने क्रममा बेपता भएका एक ब्यक्तिको मंगलवार शव फेला परेको छ ।

उनी यही भदौ १५ गते सोमबार दिउँसो २ बजेको समयमा भक्तपुरको चाँगुनारयण नगरपालिका वडा नं. ८ सुडाल बोजिनी रिसोर्ट भन्दा माथि रहेको बोजिनी ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।


पाँचथर तुम्बेवा गाउँपालिका वडा नं. ४ घर भई हाल सुडाल बस्ने २५ वर्षीय अमन लिम्बू भनिने योगेन्द्र लिम्बु सावा पोखरीमा डुबेर बेपत्ता भएका थिए ।

पोखरीमा डुबेर बेपत्ता भएका उक्त ब्यक्तिको खोजीका लागि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी अधिकृतसहितको टोली खटिएका थिए ।

तर, मौसमको प्रतिकुलताका कारण सोमबार उद्दार गर्न नसकिएको र १६ गते महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी तारा देवी थापा र नेपाली सेनाको वीरदल गण सूर्य विनायकका गणपति शिव प्रसाद पौडेल तथा शसस्त्र प्रहरी बल नेपाल २० नं. गण बिपद ब्यवस्थापन सिनामंगलबाट आएको उद्दार टोलीसहित दुवाकोट गणका गणपतिसमेत घट्ना स्थलमा पुगेर निरीक्षण गरेको थियो ।

विपद् ब्यवस्थापन टोलीले ड्याममा पानी मुनी खोजी गरी हिलोमा गाडिएको अवस्थामा शव निकालिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिए । उनको शवलाई पोष्टमार्टमका लागि के.एम.सी. अस्पताल खुवाकोट लागिएको जानकारी गराइएको छ ।

 

LIVE TV