१७ भाद्र २०७७, बुधबार
  • केदार शर्मा,

चितवन, १७ भदौ । ट्रक र बोलेरो एक आपसमा ठोक्किदा चितवनमा एकको मृत्यु भएको छ । नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ गाइघाटमा ट्रक र बोलेरो एकआपसमा ठोक्किदा बोलेरो चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नारायणगढबाट मुग्लिङतर्फ गइरहेको बा ११ च ७६७७ नम्बरको बोलेरो र विपरित दिशाबाट आउदै गरेको ग २ ख ४३११ नम्बरको ट्रक बिहान ११.३० बजे एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बोलेरो चालक धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षीय शंकर सेढाईको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुवै सवारीसाधन र ट्रकचालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

LIVE TV