१७ भाद्र २०७७, बुधबार
  • शरद आचार्य/सुरेन कुँवर,

चितवन, १६ भदौ । चितवन, १६ भदौ । कोरोनाको बढ्दो जोखिमलाई चुनौती दिदै चितवनमा मल लिनका लागि किसानहरुको ठूलो भीड लागेको छ ।

पछिल्लो समय चितवनमा कोरोनाको संक्रमण र यसबाट मृत्यु हुनेको संख्यामा वृद्धि हुँदै गइरहेको छ । तर, पनि कृषक कोरोनाको पर्वाह नगरी मल लिन लाईनमा बस्दा मल भने पाउन नसकेको भरतपुर महानगरपालिका वडा नम्बर ६ का कृषक यज्ञप्रसाद बरालले बताउनुभयो ।

‘यूरिया मल पाईन्छ कि भन्दै ४ दिनदेखि लाईनमा बसेका छौ, उहाँले भन्नुभयो, ‘पाँच जना बराबर एउटा बोरा पाएका छौ, एक विघा धान खेतलाई १० केजीले के गर्नु रु ।’ चितवनमा मलको अभाव भएपनि १० किलो मल लिन ४ दिनदेखि लाईनमा बसेका कृषकहरु खाली हात नै फर्किनु परेको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै करिब ३ हप्तादेखि निषेधाज्ञा जारी छ । सामाजिक दूरी कायम नगरी रासायनिक मलका लिनका लागिे सयौं कृषकको भीड लाग्ने गरेको छ ।

विहान ४ बजेदेखि मलका लागि उनीहरु भीडभाड गर्दै कृषि बहुउद्देश्यीय साझा संस्था कार्यालय अगाडि लाईनमा बस्दै आएका छन् । सोही लाईनमा बसेका एक कृषकले आफु विहान ३ बजे आए पनि घण्टौ पर्खदा पनि पालो नआएको गुनासो गरे ।

लाइनमा बस्नेहरुलाई कोरोना संक्रमणको डर भन्दा बाली उब्जनीको चिन्ता देखिएको थियो । सयौंको भीडलाई प्रहरीले दुरी कायम गरेर मिलाउने प्रयास गरेपनि असम्भव देखिएको थियो ।

चितवनमा रासायनिक मलको अभाव हुँदा कृषकहरु प्रत्यक्ष मारमा परेका छन् । वर्षभर खाने धान रोपेका कृषकहरुले धान गोडमेल गरी रासायनिक मल ९यूरिया० सजह रुपमा नपाउँदा समस्या परेका हुन् ।

जिल्लाका केही सहकारी संस्थाहरुले प्रति व्यक्ति १० केजीका दरले मल दिएपनि यो पर्याप्न नभएको कृषकहरुको गुनासो छ ।

LIVE TV