१७ भाद्र २०७७, बुधबार

काठमाडौं, १७ भदौ । कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै काठमाडौं उपत्यकामा गत भदौ ३ गते राति १२ बजेबाट निषेधाज्ञा जारी गरिएको थियाे । पहिलो चरणमा ७ दिनका लागि जारी गरिएको निषेधाज्ञा १० गते सकिएको थियो । त्यसपछि पुन: ७ दिनका लागि थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।

उपत्यकासहित मुलुकभर दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उपत्यकामा निषेधाज्ञा थप्ने या निरन्तरता दिन बिषयमा ठोस निर्णय लिन सम्बन्धित निकायले सकिरहेका छैनन् । तर काठमाडौं उपत्यकाका सबै नगरपालिकाहरुका मेयर हरूकाे संगठन ( उपत्यका नगर मेयर फोरम)ले भने अझै १५ दिन निषेधाज्ञा जारी राख्नुपर्ने निष्कर्ष निकालेका छन् ।

उपत्यकाका मेयर फोरमले भर्चुअल मिटिङको आयोजना गररेर भएको छलफलमा अझै कडाइका साथ कर्फ्यूलाई निरन्तरता दिन उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएको हो ।

भर्चुअल मिटिङमा अधिकांशले निषेधाज्ञा पछि कोरोनाको संक्रमण केहि मथ्थर भएको बताएका थिए । तर अझै केहि मानिसहरु हिँडडुल भएको र मानवीय गतिविधि अझै नरोकिएकाले सोचेजति संक्रमण रोक्न नसकिएको धारणा राखेका थिए ।

अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाएर अन्य सम्पूर्ण क्रियाकलापमा बन्देज लगाएर १५ दिन निषेधाज्ञा जारी राख्न जिल्ला प्रसाशनहरुलाई सुझाव दिइएको उपत्यका मेयर फोरमका एक सदस्याले बताउनुभयो ।

थप निषेधाज्ञाले निम्न बर्गका नागरिकलाई समस्या पर्ने र त्यसका कलागि आफू बसेको नजिकैको वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । अत्यावश्यक भए राहतको व्यवस्था पनि गरिने निर्णय भएको छ ।

LIVE TV