१७ भाद्र २०७७, बुधबार
  • मनोज श्रीवास्तव,

रुपन्देही, १७ भदौ । कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया महिलाको आज बिहान ९ः१५ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । यही भदौ ७ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनुभएकी महिलामा ज्वरो, श्वासप्रश्वास तथा रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

उपचारकै क्रममा गत भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थय कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । यससंगै कपिलवस्तु्ुमा कोरोनाबाट मृत्यु हुने संख्या चार पुगेको छ । मृत्यु हुनेमा ३ पुरुष र एक महिला छन ।

LIVE TV