१७ भाद्र २०७७, बुधबार

काठमाडौं, १७ भदौ । बेलायती एण्डी मूरे युएस ओपन टेनिसको पहिलो चरणको खेलमा शानदार पुनरागमनसहित जित निकाल्न सफल भएका छन् ।

मूरेले टेनिसको एकल स्पर्धामा लामो समयपछि शानदार प्रवेश गरेका हुन् । उनले योशिहितो निशिओकालाई पराजित गरेर युएस ओपनको दोस्रो चरणमा स्थान पक्का गरेका हुन् ।

३३ वर्षका मूरे सुरुका दुई सेटमा पछि परे पनि त्यसपछि पुनरागमन गर्न सफल भएका हुन् । उनले निशिओकासँगको खेलमा ४–६, ४–६, ७–६ ९७–५०, ७–६ ९७–४० र ६–४ को सेटमा जित निकालेका हुन् ।

हिपको शल्यक्रिया पूर्व मूरेले अन्तिमपटक सन् २०१९ मा अष्ट्रेलियन ओपन टेनिसको एकल स्पर्धामा भाग लिएका थिए । त्यसपछि उनी पहिलो पटक ग्राण्ड सलामको एकल स्पर्धामा सहभागी भएका हुन् । मूरे दोस्रो चरणमा १५ औँ बरियताका क्यानडियन खेलाडी फिलिक्स अगेर–एलिएसिमीसँग प्रतिष्पर्धा गर्ने छन् ।

LIVE TV