१६ भाद्र २०७७, मंगलवार
  • बाल बिक्रम कार्की,

रौतहट, १६ भदौ । रौतहटमा कोरोना संक्रमितहरुको संख्या १ हजार ६ सय पुगेको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार मंगलबार दिउँसोसम्म जिल्लामा कोरोना संक्रमितहरुको संख्या १ हजार ६ सय पुगेको हो ।

संक्रमित १ हजार ६ सय जनामध्ये १ हजार ४ सय ७४ जना निको भएर घर फर्किइसकेका छन् । हाल जिल्लामा १ सय २६ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

उक्त संक्रमितहरुमध्ये केही होम आइसोलेसनमा बसेका छन्, भने अधिकांश जिल्लाका विभिन्न स्थानमा रहेका सामुदायिक आइसोलेसनमा रहेका छन् । जिल्लामा हालसम्म ५ जनाले ज्यान गुमाइसकेका छन् ।

जिल्लाको विभिन्न पलिकामा रहेका क्वारेन्टाइनमा हाल ८ महिलासहित ३३ जना रहेका छन् । जिल्लामा हालसम्म १९ हजार ८८८ जनाको स्वाब संकलन गरिएको छ, जसमध्ये ९ सय २७ जनाको रिपोर्ट आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनले समुदायमा संक्रमण पैmलिन नदिन प्रशासनले विशेष सतर्कता अपनाएको र संक्रमितको कन्ट्याक ट्रेसिङ्गलाई महत्व दिइरहेको बताए । जिल्ला प्रशासन कार्यालय रौतहटले समुदायमा संक्रमण फैलिन नदिनका लागि गत साउन २४ गतेदेखि जारी गरेको निषेधाज्ञालाई भदौ २१ गतेसम्म निरन्तरता दिएको छ ।

जिल्लामा निषेधाज्ञा जारी भएपनि ग्रामीण इलाकाहरुमा भने भीडभाड कायम रहेको छ । अधिकांश मानिसहरु मास्क नलगाई हिड्ने र सामाजिक दूरी समेत कायम गरेका पाइदैन ।

LIVE TV