१६ भाद्र २०७७, मंगलवार
  • तारा आचार्य

विराटनगर, १५ भदौ । सरकारले कोरोना संक्रमण फैलिन नदिन आह्वान गरिएको निषेधाज्ञा र लकडाउनका कारण दुध तथा दुग्ध पदार्थको विक्री घटेको छ । यस कारण पूर्वका कृषकहरुले समयमा दुधको पैसा पाउन सकेका छैनन् ।लामो समय सम्म लगातार लकडाउन हुँदा विगत डेढ महिनादेखि दुधको पैसा कृषकहरुलाई उपलब्ध गराउन नसकिएको विराटनगर दुग्ध वितरण आयोजनाका निमित्त आयोजना प्रमुख गणेश कुमार यादवले जानकारी दिनु भयो । उहाँले अन्य समयमा महिनाको २५ गते सम्म भुक्तानि गर्ने गरेको र लक डाउनको समय भएकाले गर्दा पूर्वका कृषकहरुको करिब साढे २ करोड रुपैया बक्यौता रहेको जानकारी दिनुभयो ।गणेश कुमार यादव, निमित्त आयोजना प्रमुख, विराटनगर दुग्ध वितरण आयोजना  विराटनगर दुग्ध वितरण आयोजनाले मिल्क होलिडे हुन नदिन पूर्वका जिल्लाहरुबाट दैनिक करिब ३५ हजार, हेटौडाबाट १२ हजार र सप्तरीको महुलीबाट ३ हजार गरी करिब ५० हजार लिटर दुध खरिद गर्दै आएको छ । तर दैनिक १० हजार लिटर दुध तथा दुग्ध पदार्थ मात्र विक्री हुने गरेकाले ४० हजार लिटर दुधको पाउडर दैनिक बनाउने गरिएको छ ।

मुलुकभर करिब ६ सय ९० मेट्रिक टन पाउडर दुध थन्किएकोमा ७५ मेट्रिक टन पाउडर दुध, ८० मेट्रिक टन मक्खन र ९ मेट्रिक टन घिउ विराटनगर दुग्ध वितरण आयोजनाको गोदाममा थन्किएको सो आयोजनाले जाएको छ ।

LIVE TV