१६ भाद्र २०७७, मंगलवार

काठमाडौँ, १६ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियालाई गम्भीरताका साथ लिन सबै देशहरुलाई आग्रह गरेको छ। डब्ल्यूएचओले कोरोनाभाइरसको भ्याक्सिनलाई मञ्जुरी दिने प्रक्रियालाई गम्भीरता साथ अपनाउन आवश्यक भएको बताएको हो ।

संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा सबै देशलाई ट्रायल पूरा नगरिएका औषधीलाई मञ्जुरी दिने अधिकार भएपनि यो हल्का रुपमा लिने काम नभएको चेतावनी दिएकी छिन् ।‘ कुनै पनि देशले ट्रायल पूरा नगरी पनि भ्याक्सिनलाई मञ्जुरी दिन सक्छन्। तर, यो कुनै खेलाँची गर्ने विषय होइन।’उनले भनिन् ।

डब्ल्यूएचओका अनुसार यतिबेला ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको जबकी १४३ खोप अहिले पनि प्रि–क्लिनिकल इभ्यालुएसनको चरणमा छन् ।
यसबाहेक विश्व स्वास्थ्य संगठनले पर्याप्त प्रबन्ध बिना लकडाउन हटाइरहेका देशलाई पनि चेतावनी दिएको छ ।

डब्लुएचओले बिना पर्याप्त व्यवस्थापन थुप्रै देशले लकडाउन हटाएको भन्दै चिन्ता व्यक्त गरेको छ। उसले चेतावनी दिँदै भनेको छ, ‘जुन देशमा नयाँ संक्रमित उल्लेख्य रुपमा देखिएका छन्, ती देशले पनि मानिसहरुलाई भेला हुन इजाजत दिइरहेका छन्। सामाजिक दूरीको पालना भइरहेको छैन। यो भनेको विध्वंशलाई निम्ता दिनु हो।’

LIVE TV