१५ भाद्र २०७७, सोमबार
  • तारा आचार्य

विराटनगर, १५ भदौ । प्रदेश-१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । झाडा पखाला र उच्च ज्वरो देखिएपछि आज सोमबार साँझ ५ बजे स्वाव संकलन गरि परीक्षणको लागि पठाइएको थियो ।

प्रदेश प्रयोगशालामा गरिएको परीक्षणबाट मन्त्रीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । घिमिरे अहिले होम आइसोलेसनमा बस्नु भएको सचिवालयले जनाएको छ । उहाँ को स्वास्थ्य अबस्था सामान्य रहेको छ ।।

LIVE TV