१५ भाद्र २०७७, सोमबार
  • तारा आचार्य

विराटनगर, १५ भादौ । विराटनगरको कोशी अस्पताल र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उच्च अदालत विराटनगरले ओपिडी सञ्चालन गर्न र कोरोनाका विरामीहरुलाई विभेद नगरी उपचार गर्न आदेश दिएको छ ।उच्च अदालत विराटनगरका न्यायाधिसहरु लेखनाथ घिमिरे र शेखर पौडेलको संयुक्त इजलाशले उच्च अदालत विराटनगरले भाद्र ८ गते गरेको १६ बुँदे निर्देशनात्मक आदेश उही प्रकृतिको भएको र सो आदेशलाई कार्यान्वयन गर्न आदेश भएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिनुभयो । उहाँले इजलासले कोरोना उपचारमा विशेष सक्रियता देखाउन, पीसीआर परीक्षणको रिपोर्ट तत्काल दिने व्यवस्था मिलाउन, अन्य रोगको विरामीलाई उपचार सेवा उपलब्ध गराउन लगायतको निर्देशनात्मक आदेश भएको जानकारी दिनु भयो ।

कोरोना संक्रमणका कारण ओपिडी सेवा संचालन नगरेको भन्दै अधिवक्ता हरि नारायण चौधरीले प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास मन्त्री जीवन घिमिरे, जिल्ला प्रशासन कार्यालय मोरङ, कोशी अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विपक्षी बनाउदै रिट निवेदन हाल्नु भएको थियो ।

LIVE TV