
काठमाडौं, १५ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार दुईदिन अघि कोरोना परीक्षणका लागि स्वाब दिनुभएका शाक्याको आज पोजेटिभ रिपोर्ट आएको हो ।
सँगै परीक्षण गरिएको उहाँको पत्नीको भने कारोना नेगेटिभ रिपोर्ट आएको छ ।