१५ भाद्र २०७७, सोमबार
  • हरिशंकर शर्मा

वीरगन्ज, १५ भदौ । कोरोना संक्रमणबाट वीरगन्जको अस्थायी कोभिड अस्प्तालमा थप एक वृद्धको मृत्यु भएको छ ।वीरगन्ज महानगरपालिका वडा नं. २४ बहुअरी निवासी ८० वर्षीय वृद्धको उपचारको क्रममा सोमबार दिउँसो ३ः२० बजेको समयमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए ।

उच्च ज्वरो तथा लिबरको समस्याले भई भई भदौ १३ गते अस्पताल भर्ना भएका उक्त वृद्धको त्यही दिन स्वाब संकलन गरेर पिसिआर परीक्षणको लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । त्यहाँ गरिएको परीक्षणमा भदौ १३ गते आएको रिपोर्टमा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यमा समस्या झन विग्रिदै गएपछि उनीलाई अस्थायी कोभिड अस्पताल हेल्थ केयरमो आईसियूमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार दिउँसो उनको मृत्यु भएको डा। चौरसियाको भनाई छ ।

मृतक पुरुषसँगै वीरगन्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ जना पुगेको छ । विभिन्न जिल्लाका तर वीरगन्जको अस्थायी कोभिड अस्पतालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको छ, जसमध्ये पर्साका ३७ जना, बाराका १० जना तथा रौतहटका ३ जना रहेका छन् ।

LIVE TV