१४ भाद्र २०७७, आईतवार

काठमाडौं, १४ भदौ । चन्द्रागिरि नगरपालिका भित्र कारोना भाईरस (कोभिड १९)को संक्रमित संख्या ९१ पुगेको छ । नगरपालिका स्वास्थ्य शाखा संयोजक डाक्टर सुधा महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगरपालिकाले १- १५ वडामा सम्मको कुल संक्रमित संख्या ९१ जनाको तथ्यांक सार्वजनिक गरेको हो ।

नगरपालिका भित्र कोरोना रोकथामका लागि युद्ध स्तरमा काम भईरहेको र संक्रमितहरूको कन्ट्रयाक ट्यसिङ्गमा आएकाहरूलाई समेत चेक जाँचलाई तिव्रता दिएको नगर प्रबक्ता हरिभक्त महर्जनले बताउनुभयाे ।

कुन वडामा कति संक्रमित र कति डिस्चार्ज

चन्द्रागिरी नगरपालिका वडा नम्बर १ मा कुल संक्रमित २ जना मध्य एक जना निको भएर घर गईसकेका छन् भने एक महिला होम आईसोलेसनमा छन् ।
२ नम्बर वडामा १ जना होम आईसोलेसनमा,३ नम्बर मा ५ जना ४ जना डिस्चार्ज र १ जना होम आईसोलेसनमा, वडा नम्बर ४ मा संक्रमित संख्या ४ जनामा १ जना होम आईसोलेसनमा,१ जना अस्पताल आईसोलेसनमा,१ जना होम आईसोलेसनमा र १ जना डिस्चार्ज भएका छन् ।

वडा नम्बर ५ मा ४ जना मध्य एक जना डिस्चार्ज,१ जना,२ जना अस्पताल आईसोलेसनमा र १ जना होम आईसोलेसनमा छन् । वडा नम्बर ६ मा ४ जना जस मध्य २ जना डिस्चार्ज,२ जना अस्पताल आईसोलेसनमा वडा नम्बर ७ मा ५ जना २ जना डिस्चार्ज,१ जना अस्पताल आईसोलेसनमा र १ जना होम आईसोलेसनमा छन् । वडा नम्बर ८ मा १० जना जस मध्य ५ जना डिस्चार्ज, ५ जना अस्पताल आईसोलेसनमा छन् ।वडा नम्बर ९ मा ६ जना ३ जना डिस्चार्ज, १ जना अस्पताल आईसोलेसनमा र २ जना होम आईसोलेसनमा छन् ।

वडा नम्बर १० मा ७ जना जस मध्य ३ जना डिस्चार्ज भएका छन् भने २ जना होम आईसोलेसनमा २ जना अस्पताल आईसोलेसनमा रहेका छन् । वडा नम्बर ११ मा कुल संक्रमित संख्या १० जना, ९ जना डिस्चार्ज १ जना अस्पताल आईसोलेसनमा रहेका छन् । वडा नम्बर १२ मा कुल संक्रमित संख्या १२ जना रहेको छ । जस मध्य ८ जना डिस्चार्ज,३ जना अस्पताल आईसोलेसनमा,१ जना होम आईसोलेसनमा रहेका छन् ।

१३ नम्बर वडामा ७ जना जसमध्ये १ जना डिस्चार्ज १ जना अस्पताल आईसोलेसनमा र ५ जना होम आईसोलेसनमा रहेका छन् । वडा नम्बर १४ मा ४ जना १ जना डिस्चार्ज,२ जना अस्पताल आईसोलेसनमा र १ जना होम आईसोलेसनमा छन भने वडा नम्बर १५मा कुल संक्रमित संख्या १०जना मध्ये ५ जना डिस्चार्ज भएको र ५ जना होम आईसोलेसनमा बसिरहेको नगर प्रबक्ता महर्जनको भनाई छ ।

 

 

 

LIVE TV