१४ भाद्र २०७७, आईतवार

काठमाडौं, १४ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण छ/छैन भनेर पत्ता लगाउन गरिने पीसीआरको शूल्क घटाएको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयमा मन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले पीसीआरको शूल्य घटाएर अधिकतम चार हजार चार सय रुपैयाँ मात्रै लिन पाउने निर्णय गरेको हो ।

File Photo

मन्त्रालयले यस निर्णसँगै पीसीआर परीक्षण गर्दा अब कुनै पनि संस्थाले सेवा शुल्कसहित चार हजार चार सय रुपैयाँ मात्रै लिन पाउने छन् । शूल्क जोडेर अधिकतम चार हजार चार सय रुपैयाँ तोकिएको र त्यो भन्दा बढी एक रुपैयाँ पनि लिन नपाइने जानकारी गराइएको छ ।

त्यसोत यस अगाडि अनुमति प्राप्त गरेका प्रयोगशालाहरुले पीसीआर परीक्षण गर्दा अधिकतम पाँच हजार पाँच सय रुपैयाँ लिन पाउने व्यवस्था गरेको थियो ।

LIVE TV