१४ भाद्र २०७७, आईतवार
  • मनिराज पाण्डे

कालिकोट, १४ भदाै । तिलागुफा नगरपालिका वडा नं. १, नाग्म बजारमा शनिबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

पहिरोमा पुरिएर शुभकालिका गाउँपालिका- ५ बस्ने वर्ष ५ का निराजन शाही, शुभकालिका- ७ बस्ने  ४० वर्षीय प्रयाग शाही र निजकी ८ वर्षिया छोरी हिमा शाहीको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी लोकनाथ तिमिल्सेनाले बताउनुभयो ।

पहिरोमा पुरिएका तिलागुफा नगरपालिका- ३ का वर्ष ११ का अर्जुन हमाल र हिमागाउँपालिकाकी ३५ वर्षीया पन्ना शाहीको भने जिवितै उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको छ ।

पहिरोमा पुरिएका अन्य केही व्यक्ति जीवितै हुन सक्ने आशंकामा स्थानीय, प्रहरी र जनप्रतिनिधिहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । पहिरोमा ११ जनाभन्दा बढी हराइरहेको आशंका गरिएको छ ।

LIVE TV